काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।