बौद्धमा बौद्धमार्गीहरूको घुइँचो (तस्बिरहरू)

२५६९औँ बुद्ध जयन्ती

काठमाडौँ। आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रही आएको छ। बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ।
बुद्ध जयन्तीका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।

तस्बिर: अमृत स्याङ्बो//