सिन्धुपाल्चोक। छेउमै बग्ने गोल्चेखोला। माथिल्लो भेगमा घनघोर जङ्गल। अग्ला पहाडकै बिचमा। सेताम्य जुगल हिमालको आगनमै छ गोल्चे गाउँ।
जहाँ बाक्लो तामाङ बस्ती। तामाङ भाषा बोल्ने यहाँका स्थानीयको आफ्नै परम्परा छ। एक दशक अगाडी गोल्चे गाउँ भन्नेबित्तिकै अत्यन्तै दुर्गमको पर्यायमात्रै सुनिन्थ्यो।
हिमाली जिल्ला सिन्धुपाल्चोक गोल्चे गाउँको कथा हो। जुगल गाउँपालिका -२ मा पर्ने गोल्चे गाउँमा मानव बस्ती बसेको लामो इतिहास छ । तर यो गाउँले मुहार फेरेको धेरै भइसकेको छैन ।
छोराछोरी स्कूल पढाउन नसक्ने,आँगनकै खेतबारीमा उत्पादित अन्नबाली पनि आम्दानीको स्रोत हो भन्ने चेतनाको अभाव । स्वास्थ्य, शिक्षा, बिजुली बत्ती र सडक पूर्वाधार त परका कुरा थिए। साँच्चिकै भन्ने हो भने, डेढ दशक अघिसम्म अशिक्षा,बेरोजगारी र विकटताको अर्को नाम थियो– गोल्चे गाउँ ।
सिन्धुपाल्चोकको कर्णाली भनेर चिन्ने गाउँमा एक दशक अगाडि अशिक्षा,बेरोजगार र विकटता झेलेको इतिहास कायमै छन्। तर अहिले साच्चिकै फेरिएको छ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भुकम्पले तहसनहस बनाएको गोल्चे गाउँ

२०७०सालसम्म गाउँमा गतिलो सडक थिएन,छिटफुट बाहेक विद्युत् थिएन। स्टेचरमा बिरामी बोक्नु पर्ने बाध्यता थिए। तर, अहिले गाउँ जोड्ने कालोपत्रे छ, खानेपानी आयोजना पुगेको छ। सबैको घरमा बिजुली बल्छ र धेरै मानिस स्वरोजगार छन् । बजारका सामानहरु व्यापारीले गाउँ सम्मै गाडी र धान मकै पिन्न नजिकै मिल छन्।
२०७३ सालमा स्थानीय समाजसेवी विशाल स्याङ्बो र धनकाजी स्याङबोको पहलमा गाउँसम्म सडक र बिजुली लाइन जोडिएको स्थानीयबासी बताउँछन् ।
सडक मार्ग अगाडिको गोल्चे गाउँ

गाउँमा कक्षा १० सम्म सञ्चालन हुने मा.वि स्कुल छ। २०७२ सालको विद्यालय भुकम्पले भत्किए पछी चाल्ने कुरै भएन। विद्यार्थीलाइ बस्न डेक्स बेन्च लगायतका व्यवस्थित कक्षाकोठा थिएन।
समाजसेवी स्थानीय टुरिष्ट गाइड असल स्याङ्बोले विदेशीसंग समन्वय गरेर स्कुलमा कम्प्युटर ल्याएका थिए।
गाउँमा अहिले घर-घरमा खानेपानी र टोलटोलमा प्लस्टर काम भईरहेको छ। अहिले आफ्नै गाउँका मान्छे पालिका सरकारमा छन् । गाउँ विकासका लागी मेयरले अझै राम्रो काम गर्नु हुन्छ भन्ने विश्वास लिएको स्थानीयबासी बताउँछन् ।































