सुनको मूल्य तोलामा २ लाख नजिक!

सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

काठमाडौँ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ। बिहीबार पनि सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।