सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक!

काठमाडौँ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ। मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १ हजार ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।