हुम्ला। ने.क.पा (माओवादी केन्द्र) सर्केगाड गाउँ कमिटीको तेस्रो सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनमा छवि थापाको अध्यक्षतामा ७ पदाधिकारी सहित ४५ सदस्यीय कमिटी सर्वसम्मतिका साथ चयन गरिएको छ।
युवा नेता अध्यक्ष छवि थापा विगत २ वर्ष देखि सोही कमिटीका अध्यक्षको जिम्मेवारीमा थिए भने उनी पुनः दोहोरिएका हुन।
साथै सचिवको जिम्मेवारी पाएका पारस धामीले विगत लामो समयदेखि अखिल क्रान्तिकारीमा काम गरेर २३ औँ राष्ट्रिय सम्मेलनबाट बिदा लिएका थिए ।
सचिव धामी शंकरदेव क्यापसमा इकाई कमिटीमा २०१५ देखि आबद्व भए, २०१७ मार्च १७ काठमाडौं केन्द्रिय कार्यलय पेरिसडाँडा मा सम्पन्न भएको अखिल क्रान्तिकारी हुम्ला-काठमाडौं सम्पर्क कमिटीको अध्यक्ष भए ।
नेकपा माओपादी केन्द्र र नेकपा एमाले एकता हुँदा अनेरास्ववियू हुम्लाको सह-संयोजक भए ।
त्यसपछि नेकपा भंग भएसँगै २०२१ मा अखिल क्रान्तिकारी हुम्लाको संयोजक भए ।
त्यसपछि काठमाडौंमा सम्पन्न २२ औँ राष्ट्रिय सम्मेलनमा अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य भई हुम्ला जिल्लाको इन्चार्ज रहे।
सर्केगाड गाउँ कमिटीको जिम्मेवारी युवाहरूको काँधमा आएको हुदाँ सम्पूर्ण नेता कार्यकर्ताहरूमा थप उर्जा थपिएको छ।
नयाँ पदाधिकारीसहितको कमिटीको कार्यकाल ३ बर्ष वा अर्को सम्मेलन नभएसम्म रहनेछ।
पदाधिकारीहरू:
१.छवि थापा, अध्यक्ष
२.शेर ब.रोकाया, उपाध्यक्ष
३.हरि ब. रावत, उपाध्यक्ष
४.लोक ब. फडेरा, उपाध्यक्ष
५.पारस धामी, सचिव
६.गगन ऐडि, सहसचिव
७.लिला बोहोरा(शाही), कोषाध्यक्ष