भूकम्प क्षति भएको छैन : जुगल गाउँपालिका

काठमाडौं। सिन्धुपाल्चोक भूकम्प जुगल गाउँपालिकाको स्थिति सामान्य रहेको पालिकाले जनाएको छ ।
अहिलेसम्म कुनै क्षति भएको छैन पालिका अध्यक्ष रेशम स्याङ्बोले कर्णाली बुलेटिन लाई जानकारी दिए ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ ।भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।

बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।