पर्यटकीय गन्तव्य बन्दै ‘जुगल भ्यु प्वाइन्ट’

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ स्थित जुगल भ्यु प्वाइन्ट पर्यटकको आकर्षण बन्दै गएको छ। पछिल्लो समय यो पर्यटकको उत्कृष्ट गन्तव्यको रुपमा परिचित हुन थालेको छ ।
वडा नं २ सिन्दुर्चेबाट करिब १५ मिनेटको पैताला यात्रामा ( जुगल भ्यु प्वाइन्ट) गेगाङ पोखरीमा पुग्न सकिन्छ । पोखरी हिन्दु र बौद्ध धर्मलम्बीहरुको आस्था केन्द्र हो ।


पोखरी समुद्री सतहबाट करिब २ हजार ५ सय उचाइमा अवस्थित छ ।

यहाँबाट जुगल गाउँपालिकाको सबै वडाको बस्तीहरु जुगल हिमशृङ्खला छिमेकी पालिकाहरु र सदरमुकाम चौतारा समेत सजिलै अवलोकन गर्न सक्ने स्थानीय पथप्रदर्शक फुलकाजी स्याङ्बोले बताए ।
“हरियाली स्वच्छ हावामा रमाउदै सातै वडाका बस्तीहरु हेर्न, नजिकै जुगल हिमाल भएकाले त्यसले मनै लोभ्याउँछ,” उनले भने ।

हाइकिङ तथा पदयात्रा गर्नका लागि काकिके बजारबाट उत्कृष्ट गन्तव्य रहेको उनको भनाइ छ ।
‘भर्जिन’ उपनामले चिनिने ६ हजार ९ सय ६६ मिटरसम्मका जुगल हिमशृंखला अवलोकन गर्न सकिन्छ ।



पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनाउनका लागि जुगल गाउँपालिका र हामी नेपाली ग्लोबल को समन्वयमा पुर्वाधार निर्माणका संरचनाहरुलाई तिव्रता दिएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताए ।
उनले भने – “गेगाङ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ पर्यटकिय विकास लाई लक्षित गरी ओझेलमा पर्दै गएका पर्यटकीय क्षेत्रको पहिचान प्रचारप्रसार गर्दै यसको विकासका लागि काम अघि बढेको छ, यस क्षेत्रमा व्यवसायिक लगानी सगै वाग्मती प्रदेश र जुगल गाउँ पालिका यस क्षेत्रको विकासलाई चासो दिएको छ ।”

स्याङबोको अनुसार यस क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश एवं स्थानीय तह हामी नेपाली ग्लोबल को सहकार्यमा लाखौ बजेट विनियोजन गरी निर्माण को काम अगाडि बढेको छ।
म्यानमारबाट भ्यु प्वाइन्टमा पर्यटक वृद्धि गर्नका लागी साढे २ करोड बराबरीका बुद्धको मुर्ति ल्याएको छ । पुर्वाधार निर्माण भइ सकेपछि यहाँ आउने जो कोहीको मन लोभ्याउने छ,मनोरम दृश्य अवलोकन मन शान्त तथा आनन्दित बनाउनु मनले चिताएको पुग्ने जनविश्वासका कारण यसको गरिमा र महत्व अझै बढ्दै गएको उनको भनाइ छ ।

पोखरीको पुर्व ढोका डुप्खाङमा गहिरो गुफा रहेको छ । गुफामा ढुङ्गा खासल्दा ढुङ्गा गुल्टिदै धेरै बेर पछि पोखरीमा खासेको आवाज सुनिने स्थानीय बुढापाकाले बताए ।
उनीहरुका अनुसार डुपखाङको फेदिमा पोखरी रहेको डुपखाङको पानी त्यहाँबाट झण्डै दुई किलो मिटर तलतिर डुप्चे जहाँ अहिले गोल्चे बस्तीको खानेपानी मुहान छ, सम्झिन्दै उनले भने त्यहाँ निस्किने भएकोले त्यो ठाउँको नाम नै डुप्चे रहन गएको हो ।

डुपखाङ (पुर्वढोका)मा पहिला पुजा बत्ती बाल्ने गर्थ्यो अहिले पुजा गर्ने चलन हराउदै गयो पहिला लामो समय सम्म खडेरी लागेमा लामा गुरुले पुजा गरे पानी पर्ने सम्म को शक्ति डुपखाङको (पुर्वढोका) रहेको पहिले गेगाङमा पनि ठूलो पाँच पोखरी मा जस्तै पोखरी रहेको त्यो पोखरी मा स्थानीय मारेको लास जलाए पछि पोखरी सुकेको स्थानीयहरुले बताए ।

चौतारा बाट करिब २५ किलो मिटर दुरिमा मात्र रहेको धर्मिक महत्त्व बोकेको गेगाङमा शुरुमा महादेव नै यहाँ बस्नु भएको पछि मनाव विकास क्रम सगै यो क्षेत्र अशुद्ध (डिप) भए पछि च्योच्यो डाँडा हुँदै पाँच पोखरी गोसाइँकुण्ड मा विस्थापित भएको किवदन्तीमा उल्लेख छ।
पाँच पोखरी पुग्न नसक्ने ले अहिले पनि गेगाङ मा दर्शन गर्ने गरेको छ। गेगाङ आसपास थुप्रै धार्मिक महत्त्व बोकेको स्थान हरु रहेको छ। जुरेगाङ( चेनकी ग्याल्पो) च्योच्यो डाँडा (माफुङ सम्रुल देवा)पुर्व ढोका (डुपखाङ) रहेको छ।