संसद भवनमा आफैलाई गोली हानेका प्रहरी जवानको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैलाई गोली चलाएका छन्।

संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर ग‍ेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बुधबार बिहान आफैमाथि गोली चलाएका हुन्।
गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले संसद भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएको बेला आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेको बताए ।

उनी बिहान ८ १५ बजे शौचालया मृत भेटिएका थिए ।

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।