काठमाडौं । जनता समाजवादी पार्टी जसपा सरकारमा सहभागी भएको छ।
पुष्पकमल दाहाल प्रचण्ड क्याविनेटमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन्।
आईतबार नवनियुक्त मन्त्री यादवले शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथ ग्रहण गरेका छन्।
साथै जसपा सांसद नवलकिशोर साह वन मन्त्री बनेका छन्।
यादव बारा क्षेत्र नम्बर २ र साह सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।
यादव उपप्रधानमन्त्री बनेसँगै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ ।
नेकपा एमालेका रघुवीर महासेठ, माओवादीका नारायणकाजी श्रेष्ठ र रास्वपाका रवि लामिछाने पनि उपप्रधानमन्त्री छन्।
महासेठ भौतिक, श्रेष्ठ परराष्ट्र र लामिछाने गृहमन्त्री छन्।
सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन्।
































