गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न अस्पताल पुगेका छन् । मुटुमा समस्या देखिएपछि उपचारका लागि शहीद गंगालाल ह्दयरोग केन्द्रमा भर्ना भएका गृहमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन ।

डा.अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा मन्त्री श्रेष्ठको उपचार गरिरहेको छ ।