हुम्लामा जटिल सुत्केरी परियारको सफल शल्यक्रिया

हुम्ला । जिल्ला अस्पताल हुम्लामा जटिल सुत्केरी आशा परियारको सफल शल्यक्रिया भएको छ । २२ वर्षीया परिवारको जिल्ला अस्पतालमै सफल शल्यक्रिया सम्भव भएको हो ।

स्रोत साधन अभाव हुँदा हुँदै पनि शल्यक्रिया सफल भएको जिल्ला अस्पतालका एमडीजीबी डाक्टर हेमबिक्रम शाहीले बताए ।

सिमकोट गाउँपालिका –२ ठेहे गाउँकी आर्थिक अभावका कारण सुविधासम्पन्न अस्पतालमा लैजान सम्भव थिएन ।

पुस २९ गते अस्पतालमा भर्ना भएकी थिइन । परियारले जुम्ल्याहा दुई छोरी जन्माएकी छन् ।