सुर्खेत। वीरेन्द्रनगरमा ३२ जना विद्यार्थी सवार स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार बसमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको बताए ।
बुधबार डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस वीरेन्द्रनगर नगरपालिका–८, इत्राम खोलामा चिप्लिएर दुर्घटनामा परेको थियो । बस स्कुल बिदा भए घर फर्किँदै थियो ।
घाइतेलाई उद्धार गरेर स्थानीय देउती अस्पतालमा पठाइएको प्रवक्ता विश्वकर्माले बताए ।
वीरेन्द्रनगर नगरपालिका ८, इत्राम खोलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ। बस स्कुल बिदा भए घर फर्किँदै थियो ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
































