शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

मंगलबार बिहान शितल निवास पुगेर प्रधानमन्त्री दाहालले भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री र राष्ट्रपतिबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका बारेमा कुराकानी भएको बताईएको छ ।