काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि दलहरुले आज चुनाव चिह्न पाउने भएका छन् । शुक्रबारसम्म निवेदन दिएका सबै दलले चुनाव चिन्ह पाउने भएका हुन ।
शुक्रबारसम्म चुनावमा भाग लिन १२ दलले निवेदन दिएका थिए ।
दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।
फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।
































