बाजुरा । बाजुराकी पानसरा रोकायाले बाटोमै बच्चा जन्माएकी छिन् । बाजुरा बुढीनन्दा नगरपालिका ४ कुरुकी ३१ वर्षीया पानसराले तेस्रो पटक पनि बाटोमै बच्चा जन्माइकी हुन ।
यसअघिका दुई सन्तानलाई पनि उनले बाटोमै जन्म दिएकी थिइन । आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चँदाराका अनुसार सुत्केरी बेथा लागेकी उनी एक्लै अस्पताल जाँदै गर्दा बाटोमै बच्चा जन्माएकी हुन ।
पानसराले तेस्रो सन्तानका रुपमा छोरी जन्माएकी हुन । बाटोमै बच्चा जन्माइरहेको फेला पारेपछि स्वास्थ्यकर्मीहरुले उनलाई सहयोग गरेको चँदराले बताइन ।
पानसरालाई अत्यधिक रक्तस्राव भएपछि बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगिएको थियो । गाउँबाट स्वास्थ्यचौकी टाढा भएकाले पटक पटक यस्ता घटना हुने गरेको स्थानीयले बताएका छन् ।
बाजुरामा पानसरा मात्र नभई धेरै आमाहरुले बाटोमा बच्चा जन्माउने गरेको स्थानियको भनाइ छ ।
































