काठमाडौं । पछिल्लो समय कक्षा १० पछि उच्च शिक्षाका लागि गाउँबाट शहर आउने लहरै चलेको छ। धेरै विद्यार्थीलाई चासो हुन्छ गुणस्तरीय शिक्षा कसरी र कहाँ हासिल गर्ने ? कहाँ अध्ययन गर्दा राम्रो अवसर पाउन सकिन्छ ? अनि विभिन्न व्यक्तिहरूले दिने थरीथरीका सल्लाहले विद्यार्थी र अभिभावकसमेतमा अन्यौल थपिन्छ।
यी सबै कुरा बुझ्दै जाँदा काठमाडौंस्थित समता कलेज उत्कृष्ट गन्तव्य हुन सक्छ। समता स्कुल पछिल्लो समय धेरै विद्यार्थीको आकर्षणको केन्द्र समेत बनेको छ।
धेरैको रोजाइमा परेको समतामा के कस्ता सुविधाहरु छन्, विद्यार्थीका मनमा आउने यस्तै विभिन्न जिज्ञासाहरूका सम्बोधन यहाँ गरिएको छ।
समतामा विद्यार्थीहरूका लागि सेवा सुविधा राम्रो छ। अध्ययन शूल्क एकदमै सस्तो छ मात्रै सय रुपैयाँ । विगत २५ वर्षदेखि बौद्धस्थित समता कलेजले न्युन र सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिदै आइरहेको छ।
शिक्षा नै सबै थोक भन्ने मुल नाराका साथ शिक्षासेवी संस्थापक उत्तम सञ्जेलले सञ्चालन गरेको स्कुल हो । यहाँ मासिक सस्तो शुल्कमा गुणस्तरिय शिक्षा दिइने समता क्याम्पस प्रमुख भिष्म ज्ञवालीले बताए ।
‘अङ्ग्रेजी माध्यमबाट विज्ञान, मानविकी, कानुन, शिक्षा र व्यवस्थापन संकायको पढाइ हुनेछ,’ उनले भने ।
विद्यार्थीले समता रोज्नुपर्ने कारण यति मात्रै होइन। उत्कृष्ट विद्यार्थीहरुले छात्रवृत्ति पनि पाउने गरेका छन् । अझ समतामा पढेका कैयौँ विद्यार्थीहरुले विदेशमा पढ्ने छात्रवृति समेत पाएका छन् ।
अहिले शिक्षा एक प्रकारको व्यापार भएको छ । निम्न र मध्यम आय भएकाहरूले राम्रो कलेजमा चियाउन समेत नसक्ने गरी चर्को शुल्क असुल्ने गरेको अवस्थामा पैसाकै कारण गुणस्तरीय शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने नारा समताको हो ।
आफ्नो चाहनाअनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्ति सुविधा पाउन सकिने भएकाले पनि समता विद्यार्थीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य हुन सक्छ।
समतामा पढ्न चाहने विद्यार्थीहरुले कलेजको टेलिफोन ०१४५८९९५४ र ९८५-११९०४६२ मा सम्पर्क गरेर बुझ्न सक्नुहुनेछ ।