दुई दिनमा सुनको मूल्य १८ हजार रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा दुई दिनमा सुनको मूल्य१८ हजार रुपैयाँ घटेको छ । अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार छ सय गरी दुई दिनमा सुन प्रतितोला १८ हजार पाँच सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।