कर्णालीमा बजेट नछुट्याए संसद भवन घेराउ गर्ने हृदयराम थानीको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागी  बजेट नछुट्ट्याइए संसद् भवन घेराउ गर्ने चेतावनी दिएका छन् ।
 
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सरकारले कर्णाली प्रदेशका विभिन्न सडक स्तरोन्नतिका लागि  बजेट नछुट्ट्याएको भन्दै आपत्ति जनाएका हुन्  । 
उनले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरे त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी दिए । 
सरकारले कर्णालीलाई नहेरेको भन्दै उनले प्रश्न गरे, “गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ?,”
 
यदि सचेत भएर यी बाटाहरूमा बजेट छुट्ट्याइएन भने हामी जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।
कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्  ।