काठमाडौं । नेकपा माओवादी केन्द्र हुम्लाका सांसद छिरिङ डम्डुल लामा (भोटे)ले हुम्लालाई सरकारले सौतेनी व्यवहार गरेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा उनले सरकारको बजेट विनियोजन प्रति असन्तुष्टि जनाउदै सैतेनी व्यवहार गरेको बताएका हुन् ।
हुम्लालाई गत वर्ष पनि सौतेनी व्यवहार र यस वर्ष पनि उर्जा मन्त्रालय र अर्थ मन्त्रालयबाट सौतेनी व्यवहार भएको गुनासो गर्दै उनले भने, “अभाव सहन सक्छु, तर दबाब र पीडा सहन सक्दैन । बजेटलाई फिर्ता लैजानुस् ।”
उनका अनुसार विकासको समृद्धि र रोजगारीको मुल मेरुदण्ड उर्जा हो। कृषिको बजेट जलवायु, पर्यटन सम्बन्धित हुनुपर्ने र जनताको बिचार, थालो अनुसार हुनु पर्ने उनको भनाइ छ ।
उनले सविधानमा उल्लेख भएको समानतालाई कुल्चेर हुम्ला जनताको भविस्य माथी खेलबाड भएको पनि बताए ।
हिमाल कार्यक्रम अन्तर्गत बजेटलाई कागजबाट हटाइएको भन्दै संघीय मामिला मन्त्रीसंग स्पष्टिकरणको माग गरेका छन् ।
काठमाडौंमा करोडौं विनाशकारी विकासको लागि दश प्रतिशत लगानी टुकी बत्ती बाल्ने हुम्लाका जनतामा पुर्याउन सके बिजुली पुग्ने उनले बताए ।
अर्थ मन्त्रालयले बजेट विनियोजन गर्न मानव विकास सूचकांक ध्यान दिनु पर्ने सांसद कार्चेनको सुझाव छ ।
पिछडिएको एकमात्र दुर्गम जिल्ला हुम्लालाई सरकारले बर्सेनि सौतेनी व्यवहार गर्दै आएको मुद्दा संसदमा उठाउँदै आएका छन् ।
































