महिनावारीमा महिला ट्राफिकलाई चार दिन छुट्टी, मापसे कारबाहीमा परेकालाई सडकमा खटाइने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् ।

त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने व्यवस्था रहेको बताएका हुन ।

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’