गायिका एलिना चौहानले गरिन विवाह

काठमाडौं । गायिका एलिना चौहानले विवाह गरेकी छन् । बुधबार झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन ।

बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरेका थिए ।

आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए ।

विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए ।