काठमाडौं । नेकपा एमाले अन्तर्गतको हुम्ला काठमाडौं सम्पर्क मञ्चको भेला सम्पन्न भएको छ ।
भेलाले भरत रावतको अध्यक्षतामा २१ सदस्यीय हुम्ला काठमाडौं सम्पर्क मञ्च सर्वसम्मतिले चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा पदम लामा र तारा जैसी, सचिवमा सुविस्त भण्डारी, उपसचिवमा विष्णु रावल, कोषाध्यक्षमा हस्त धामी चयन भएका छन् ।
१२ अौँ जिल्ला सम्मेलनको भेलालाई विभिन्न एमाले नेताहरूले सम्बोधन गरेको थिए ।
































