पोखरा । त्रिभुवन आर्मी क्लब २३ औं संस्करणको आहा रारापोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३ ० ले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।
यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न सकेको थिएन । आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक एक गोल गरेका छन् ।
जिलेस्पीले खेलको ३८ औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए ।
आर्मीका फत्तेमान घलेले खेलको ८३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका लागि अन्तिम समयमा बसन्त जिम्बाले तेस्रो गोल गरेका थिए ।
च्याम्पियन बनेको आर्मीले १२ लाख एक हजारसहित ट्रफी हार पार्यो। फाइनलमा पराजित थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझाउनु पर्यो ।


























