सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।
प्रहरीले बिहीबार बिहान १० बजे उनलाई कैलालीको टिकापुर १ देखि पक्राउ गरेको हो ।
प्रहरीमा घटनाबारे जाहेरी दिएका दाजुको गत सोमबार राति घरनजिकै रहेको बाख्रा खोर छेउ हत्या भएको अवस्थामा शव फेला परेको थियो।
उनकी बहिनी घाइते अवस्थामा फेला परेकी थिइन्। उनलाई १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काका अनुसार उनलाई टिकापुर कैलालीबाट सुर्खेत ल्याउन लागिएको छ ।
बहिनीमाथि बलात्कार भएपछि दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गत असोजमै जाहेरी दिएका थिए।
बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
































